पोखरामा खुल्यो मोहन इन्टरनेशनल टुर्स एण्ड ट्राभल्स (भिडियोसहित)

पोखरा । मोहन इन्टरनेशनल टुर्स एण्ड ट्राभल्स प्रा.लि. सञ्चालनमा आएको छ । पोखराको जिरो कि.मि.स्थित शान्तिनगरचोकमा सञ्चालनमा आएको ट्राभल्स कम्पनीको कलाकार प्रकाश सपुतले हालै एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

प्रा.लि.ले देश तथा विदेशमा विभिन्न प्याकेजमा भ्रमणको सुविधा उपलब्ध गराउने प्रवन्ध निर्देशक मोहन विश्वकर्माले जानकारी दिए । युरोप, युएसए, इन्डोनेसिया, थाइल्याण्ड, सिंगापुर, भारत तथा संसारका जुनसुकै देशमा भ्रमण प्याकेज प्रा.लि.ले उपलब्ध गराउने उनले बताए ।

‘हामीले इन्टरनेशनल स्तरको टुर्स एण्ड ट्राभल्स सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘नेपालीहरुले खर्च गर्न सक्ने गरी सकेसम्म सस्तो शुल्कमा प्याकेज बनाउनेछौं ।’ नेपालीहरुमा पछिल्लो समय घुम्ने क्रम बढ्दो छ । देशभित्रै भ्रमण गर्र्न चाहने पर्यटकलाई पनि विभिन्न प्याकेजमा यातायात सुविधा उपलब्ध गराइने उनले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ टिकट, डिलक्स टुरिष्ट बसको टिकट काट्ने सुविधा पनि प्रा.लि.ले प्रदान गर्नेछ । कार, जिप, भ्यान, डिलक्स बस रिजर्भ चाहिएमा पनि ट्राभल्सले सेवा उपलब्ध गराउने सञ्चालक रेनुका विश्वकर्मा (सोनी)ले जानकारी दिइन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.