पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा बर्षा हुने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभाव कायमै रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा दिउँसो कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यसैगरी राति कोशी प्रदेशको पहाडी भू-भागका एक- दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

You might also like

Comments are closed.