महिला सहकारीले संचालन गर्यो मन्टेश्वरी

गण्डकी । शिक्षा क्षेत्रमा लगानी गर्ने लक्ष्यअनुरुप पोखरा महानगरपालिका– ५ प्रस्याङ धारापानी मार्गस्थित धारापानी महिला बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले धारापानी मन्टेश्वरी सञ्चालनमा ल्याएको छ ।

सहकारीले करिब दुई रोपनी जग्गा भाडामा लिइ नौ कोठे भवन निर्माण गरेको अध्यक्ष राधिका आचार्यले जानकारी दिइन् । मन्टेश्वरीमार्फत पूर्ण बालमैत्री वातावरणमा पूर्वप्राथमिक तहको शिक्षा दिने योजना रहेको उनले बताइन् ।

नाफामूलकभन्दा पनि सेवामूलक भावनाका साथ मन्टेश्वरी स्थापना गरिएको मन्टेश्वरी व्यवस्थापन समितिकी अध्यक्ष कल्पना बाँस्तोलाले बताइन् । न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिने योजना रहेको उल्लेख गर्दै उनले आफ्नो टोलबाहेक बाहिरबाट पनि बालबालिका ल्याउन सफल बन्ने विश्वास व्यक्त गरिन् ।

मन्टेश्वरी स्थापनाका लागि सहकारीले हालसम्म ३५ लाख रुपैयाँ भन्दा धेरै लगानी गरिसकेको र केही पूर्वाधार निर्माणकै चारणमा रहेको जनाइएको छ । कोरोना सङ्क्रमणका बाबजुद स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्दै मन्टेश्वरी सञ्चालन गरिएको सचिव गीतादेवी पौडेलले जानकारी दिइन् ।

You might also like

Comments are closed.