काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नेपाली बजारमा ग्राहकको उल्लेखनीय उत्साह र विश्वास प्राप्त गर्दै आफ्नो मोटरसाइकलको बल्क डेलिभरी सुरु गरेको छ ।
नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै पहिलो चरणको बल्क डेलिभरी सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार, छोटो अवधिमै मोर्बिडेलीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
ग्राहकले मोर्बिडेलीको आकर्षक स्टाइल, उत्कृष्ट इन्जिन प्रदर्शन, आधुनिक सुरक्षा प्रविधि तथा आरामदायी राइडिङ अनुभवको खुलेर प्रशंसा गरिरहेका छन् । यही सकारात्मक प्रतिक्रियाले नेपाली बजारमा मोर्बिडेलीप्रतिको विश्वास अझ मजबुत बन्दै गएको कम्पनीको विश्वास छ ।
यसैबीच, मोर्बिडेली नेपाल ले आगामी नाइमा मोबिलिटी शो २०२६ मा बहुप्रतीक्षित ‘मोर्बिडेली टि २५० एक्स’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एड्भेन्चर र टुरिङ रुचाउने मोटरसाइकल पारखीहरूलाई लक्षित गरी ल्याइने टि २५० एक्सले आफ्नो आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिमार्फत नेपाली बजारमा नयाँ उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

मोर्बिडेली नेपालले आगामी दिनमा पनि विश्वस्तरीय उत्पादन, गुणस्तरीय सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्दै नेपाली मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।



Comments are closed.