मोटरहेड स्पोर्टस भर्सनका बाइकको नयाँ मूल्य कति ?

काठमाडौं । मोटरहेड ब्राण्डका स्पोर्टस भर्सनका बाइकको मूल्यमा केही बृद्धि भएको छ । मोटरहेड ब्राण्डका बाइक तथा स्पेयर्स पार्टसको नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.का अनुसार मूल्यमा केही बृद्धि भएको हो ।

स्पोर्टस रोड भर्सन बाइकको मूल्य ३ लाख ७० हजार रुपैयाँ र स्पोर्टस अफरोड भर्सन बाइकको नयाँ मूल्य ३ लाख ६८ हजार रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ ।

मोटरहेडका एमएच २००, टेक्कन २५०, स्क्र्याम्ब्लर २५० को मूल्य यस अगाडि नै सार्वजनिक भएको छ । जस अन्तर्गत एमएच २०० को मूल्य ३ लाख ७५ हजार रुपैयाँ, टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ र स्क्र्याम्ब्लर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ पर्छ । राम्रो ब्राण्डका बाइकहरु तुलनात्मक रुपमा सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध गराउन सफल भएको कम्पनीले जनाएको छ ।

jutta mela

ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड टे«डको आफ्नै सुविधासम्पन्न शोरुम छ । काठमाडौंको टेकु र भित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्ट मार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर्स पार्टस्को सेवा उपलब्ध गराइरहेकोछ ।

काठमाडौं बाहिर बनेपा, नेपालगञ्ज, चितवन, वीरेन्द्रनगर, वीरगन्ज, तुलसीपुर, पोखरा, इटहरि, बागलुङमा कम्पनीले डिलर विस्तार गरिसकेको छ । बुटवलको योगीकुटीमा नयाँ शोरुम स्थापना हुँदैछ । देशका अन्य मूख्य शहरमा पनि डिलर विस्तारको तयारीमा कम्पनी रहेको जनरल म्यानेजर उज्ज्वल जोशीले जानकारी दिए । ‘कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै देशभरका मूख्य शहरमा डिलर विस्तार गरी सेवा प्रदान गर्न सफल भएको छ,’ उनले भने ।

कम्पनीले बिर्तामोड, दमक, मिर्चैया, बर्दिबास, हेटौंडा, गोर्खा, दमौली र नुवाकोटका लागि डिलरसिप आह्वान गरेको छ ।

You might also like

Comments are closed.