मोटरहेडद्वारा ११ शहरमा डिलर आह्वान, बिक्री पछिको सेवालाई प्राथमिकता

काठमाडौं । मोटरहेड ब्राण्डका बाइक तथा स्पेयर्स पार्टसको नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले नेपालमा १० शहरमा डिलर आह्वान गरेको छ । कम्पनीले नुवाकोट, चरिकोट, दमौली, गोर्खा, नेपालगञ्ज, धादिङ, इलाम, बिर्तामोड, दमक, बर्दिबास र मिर्चैयाका लागि डिलर आह्वान गरेको जनरल म्यानेजर उज्ज्वल जोशीले जानकारी दिए ।

ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड टे«डको आफ्नै सुविधासम्पन्न शोरुम छ । काठमाडौंको टेकु र भित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्ट मार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर्स पार्टस्को सेवा उपलब्ध गराइरहेकोछ ।

काठमाडौं बाहिर बनेपा, नेपालगञ्ज, चितवन, वीरेन्द्रनगर, वीरगन्ज, तुलसीपुर, पोखरा, इटहरि, बागलुङमा कम्पनीले डिलर विस्तार गरिसकेको छ । बुटवलको योगीकुटीमा नयाँ शोरुम आगामी साताबाट सञ्चालनमा आउँदैछ । ‘कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै देशभरका मूख्य शहरमा डिलर विस्तार गरी सेवा प्रदान गर्न सफल भएको छ,’ जोशीले भने ।

jutta mela

मोटरहेडका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको जोशीले बताए । स्पोर्टस रोड भर्सन बाइकको मूल्य ३ लाख ७० हजार रुपैयाँ र स्पोर्टस अफरोड भर्सन बाइकको नयाँ मूल्य ३ लाख ६८ हजार रुपैयाँ पर्छ । एमएच २०० को मूल्य ३ लाख ७५ हजार रुपैयाँ, टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ र स्क्र्याम्ब्लर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ पर्छ । राम्रो ब्राण्डका बाइकहरु तुलनात्मक रुपमा सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध गराउन सफल भएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.