मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपाली बजारमा, युवा पुस्ताको आकर्षण

काठमाडौं । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपाली बजारमा भित्र्याएको छ । नेपाली बजारमा छोटो समयमा मोटरहेड ब्राण्डको बाइकप्रति ग्राहकको आकर्षण बढिरहेको छ । यो अपग्रेडेड भर्सनको बाइक अझै बढी लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स छ ।

पहिले यो बाइकको मूल्य २ लाख ८८ हजार रुपैयाँ रहेकोमा अब अपग्रेड पश्चात यसको मूल्य २ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । युवा पुस्ताको रोजाईमा रहेको मोटरहेडको स्क्र्याम्ब्लर २५० बाइक पनि उपलब्ध भएको छ । पहिले यसको स्टक क्लियरेन्स भएकोमा अब फेरि नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको हो ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टायर र स्पोर्ट्स रोड टायरको मूल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार रुपैयाँ पर्छ ।

काठमाडौं उपत्यकाको धोवीघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा रहेको थ्रीएस सेन्टरमार्फत यी बाइक प्राप्त गर्न सकिने छ । धादिङ, कावासोती, विर्तामोड र मन्थलीमा पनि छिट्टै नै कम्पनीको नयाँ सोरुम स्थापना गर्ने तयारी छ ।

यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि विभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।

You might also like

Comments are closed.