मोटरहेड बाइकको सल्लाघारी सोरुममा एक्सचेन्ज कार्यक्रम

काठमाडौं । मोटरहेड बाइकको भक्तपुरस्थित सल्लाघारी सोरुममा एक्सचेन्ज कार्यक्रम बुधबार सुरु भएको छ । मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले सल्लाघारी शोरुममा आयोजित एक्सचेन्ज कार्यक्रम साउन २९ गतेसम्म जारी रहने बताइएको छ ।

एक्सचेन्ज कार्यक्रममा कुनै पनि ब्रान्डका पुरानो मोटरसाइकलसँग मोटरहेडको नयाँ मोटरसाइकल साट्न सकिने छ । नगदमा बाइक खरिद गर्ने ग्राहकले मूल्यमा १० हजार छुट प्राप्त गर्नेछन् । फाइनान्स खरिद गर्दा नगद ५ हजार छुट प्रदान हुन्छ । एक्सचेन्ज गर्दा पुरानो बाइकको मूल्यमा अतिरिक्ता १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने जनाइएको छ । प्रत्येक ग्राहकलाई हात खाली नजाने उपहारको रुपमा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टयर र स्पोर्ट्स रोड टायरको मुल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार पर्छ ।

jutta mela

You might also like

Comments are closed.