काठमाडौंको बालाजुमा खुल्यो मोटरहेड बाइकको शोरुम

काठमाडौं । मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर्स पार्टसको नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले काठमाडौंको बालाजुमा शाखा विस्तार गरेको छ । ग्राहक सामु आफ्नो पहुँच अझै बढाउन तथा सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको एसजी अर्गनाइजेसन अन्तर्गतको एसएलआर टेक्नो एण्ड ट्रेडले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, नेपाल रिकण्डिसन एसोसिएसनका पूर्व अध्यक्ष वि.एन. पाठक तथा नेपाल अटो ट्रेड युनियनका माधव पाण्डे तथा सञ्चारकर्मीहरुको उपस्थितिमा शुक्रबार शोरुमको उद्घाटन गरिएको हो । कोडिभ महामारीको प्रकोपलाई मध्यनजर गरी सामाजिक दुरी कायम गर्दै शोरुम उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

बिक्री, स्पेयर्स पार्टस तथा बिक्री पछिको सेवा गरी तीनवटै सुविधा शोरुमबाट उपलब्ध गराइने जनरल म्यानेजर उज्ज्वल जोशीले जानकारी दिए । प्रालिले ललितपुर र भक्तपुरपछि काठमाडौंमा तेस्रो शाखा विस्तार गर्न लागेको हो । मोटरहेडका ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने गरी शोरुम विस्तार गरिएको जोशलिे जानकारी दिए ।

‘ग्राहकलाई स्तरीय सेवा दिन हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘बिक्री पछिको सेवालाई अझ प्राथमिकतामा राखेका छौं ।’ मोटरहेडका बाइकहरु अफ रोड र पिच दुवै सडकका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । मोटरहेडका डट बाइकदेखि स्क्र्याम्ब्लर तथा क्रस ओभर गरी ३ सेगमेन्टमा ७ वटा मोडलका बाइकहरु नेपाली बजारमा उपलब्ध छन् ।

बजारमा प्रख्यात रहेका टेक्कन २५०, एमएच २००, स्क्र्याम्ब्लर २५० र स्पोर्टस २५० बाइक रोड र अफरोड भर्सनमा उपलब्ध छन् । मोटरहेडका २ लाख ८८ हजार रुपैयाँदेखि ४ लाख ५० हजारसम्मका बाइकहरु बजारमा बिक्री भइरहेका छन् । राम्रो ब्राण्डका बाइकहरु तुलनात्मक रुपमा सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध गराउन सफल भएको कम्पनीले जनाएको छ । सबैको पहुँच हुने गरी राम्रो प्रडक्ट बिक्री गरेको धेरै ग्राहकको विश्वास जित्न सफल भएको कम्पनीको दावी छ ।

मोटरहेडका डिलहरु पोखरा, चितवन, विरगञ्ज, बागलुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, इटहरीमा तथा काठमाडौंको टेकु, भित्रपार्क, बनेपा लगायतका ठाउँमा छन् । मोटरहेडको बालाजू शाखा उद्घाटनका अवसरमा शुक्रबार ग्राहकले विशेष छुट प्राप्त गरेका छन् । बालाजू शाखाबाट शुक्रबार मोटरहेड बाइक खरिद गर्ने ग्राहकले नगद १५ हजार छुट प्राप्त गरेका हुन् ।

त्यसैगरी स्पेयर्स पार्टसमा १० प्रतिशत र लेबरचार्जमा ५० प्रतिशत छुट प्रदान हुनेछ । स्पेयर्स पार्टस र लेबरचार्जमा प्रदान गरिने छुट एक सातासम्म जारी रहने जनाइएको छ ।

You might also like

Comments are closed.