दुगड परिवारको व्यावसायिक इतिहास समेटिएको पुस्तक ‘कृषिउद्यमदेखि जलविद्युत सम्म’

काठमाडौं । एम.भी.दुगड ग्रुपका कार्यकारी अध्यक्ष, बहु आयामी प्रतिष्ठित उद्योगी एवं व्यापारी मोतीलाल दुगडद्वारा लिखित “कृषि उद्यमदेखि जल विद्युत सम्म” पुस्तकको विमोचन आइतबार एक कार्यक्रमकाबीच गरिएको छ ।

उक्त पुस्तकको विमोचन माईती नेपाल की संस्थापक अध्यक्ष अनुराधा कोईराला र डा.सन्दुक रुईतले गरेका हुन् नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर विजयनाथ भट्टराई, वरिष्ठ गाईनोकोलोजिष्ट डा.भोला रिजाल, सेजनका अध्यक्ष जनार्दन बराल समेतको समुपस्थितीमा उक्त पुस्तक विमोचन गरिएको हो ।

उक्त पुस्तकमा दुगडले आप्mना पुर्खाहरुले त्यसताका के कसरी कस्ता कस्ता व्यापारहरु गरेका थिए सो व्यापार व्यवसायलाई कसरी दुगड परिवारले पुर्व मेचीदेखि पश्चिमको महाकालीसम्म फैलाउंदै लगे त्यस वेला मुलुकमा के कस्ता समस्याहरु थिए ? ती समस्याहरुमा दुगड परिवार र कर्मचारीहरु हातेमालो गर्दे कसरी दुगड ग्रुपलाई यहां सम्म पुर्याउन सफल भए भन्नेवारे यथार्थता चित्रण गरिएको छ ।

सरल र सवै पाठकहरुले स्पष्ट रुपमा बुभ्mने गरी लेखिएको उक्त पुस्तकका सम्पादक कवी तथा साहित्यकार प्रमोद प्रधानले आंफूले पाएको जिम्मेवारी बडो मेहनत र लगनशिलताका साथ निभाएको देखिन्छ ।

ऐतिहासिक फोटोहरु तथा वि.सं.१९८५ को ऐतिहासीक भन्सार रसिदका कपीहरु लगायत त्यसवेलाका महत्वपुर्ण राजपत्रहरु, एैतिहासिक दस्तावेजहरु समेतको फोटोहरु राखिएकोले उक्त पुस्तक रोचक भई पाठकहरुलाई पुस्तक पढ्न थप आकर्षित गर्दछ ।

करिव १३७ बर्ष अघि देखी पुर्वको विराटनगरबाट व्यापार व्यवसाय शुरु गरेको दुगड घराना नेपालको एक प्रतिष्ठत ब्यापारिक घराना हो । वि.स.२००३ पौष २४ गते तदनुशार ता.१९४७ जनवरी ८ का दिन विराटनगरमा जन्मेका दुगडले आंफू लगभग १६ बर्षको उमेरदेखी नै आप्mना पुर्खाहरुले गरि आएको कृषी लगायतको ब्यापार ब्यवशायमा संलग्न रही हाल ७५ औं बर्षको वसन्त समेत पार गरिसकेका छन् । दुगड हाल एम भी दुगड ग्रुपको कार्यकारी अध्यक्ष रही आप्mना कैंयौं उद्योग तथा व्यापारहरुलाई पुर्वको मेची देखी पश्चिमको महाकाली सम्म फैलाई आप्mनो ग्रुपलाई नेपालको अग्रणी स्थानमा उभ्याउन सफल छन् ।

आफ्ना अग्रजहरुले शुरु गरेको कृषी उद्योगलाई अंगाल्दै कोल्ड स्टोरेज लगायतका अन्य विभिन्न उद्योगहरु स्थापना गरी अटो मोवाईल्सका विभिन्न ब्राण्डका गाडी, मोटरशाईकल, स्कुटर, ब्याट्री, टायर ट्युवहरुको डिष्ट्रिब्यूटरशिप लीई लगभग ५० वर्ष देखी निरन्तर उद्योग तथा आयात निर्यात समेतको व्यापार व्यवशाय गर्दै आई केही बर्ष अघिदेखी जलविद्युतको क्षेत्रमा समेत होमीएका दुगडले केही दिन अघिमात्र २९.४ मेगावाटको विद्युत उत्पादन, केन्द्रिय प्रशारण लाईनमा समेत जोडीसकेका छन् । बांकी विद्युत उत्पादनको निर्माण कार्य समेत भई रहेका छन् । जसमध्ये थप १३२ मेगावाट विद्युत आगामी बर्षमा नै केन्द्रिय प्रशारण लाईनमा जोड्न दृढताका साथ उनि लागी परेका छन् । घटीमा पनि लगभग ५०० मेगावाट जलविद्युत उत्पादन आप्mनै पाला सम्ममा गरिसक्ने उनकोे दृढ इच्छा छ । यसरी कृषी देखी जल विद्युत उत्पादन तथा प्रशारण सम्ममा लागेका दुगडले आफ्नो आत्म कथाको नाम समेत “कृषी उद्यम देखी जल विद्युत सम्म” राखी पाठकहरु समक्ष प्रस्तुत गरेका छन् ।

 

lcci
You might also like

Comments are closed.