काठमाडौं–चितवन–पोखरा मोटर र्याली सुरु

काठमाडौं । ‘आठौं द अम्याजिङ मोटर ¥याली’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, मिस नेपाल नम्रता श्रेष्ठ, केजिएच ग्रुपका अध्यक्ष सुनिल शाक्य, कार्यक्रम संयोजक दिवाकर राजकर्णिकार लगायतले र्यालीको शुभारम्भ गरे ।

राजधानी काठमाडौंबाट सुरु भएको र्याली आज चितवनको सौराह पुग्नेछ । सौराहमा विभिन्न पर्यटकीय गतिविधिमा सहभागी हुँदै टोली भोलि शनिबार बिहान पोखराका लागि प्रस्थान गर्नेछ । रोटरी क्लब अफ बागमती काठमाडौं र केजिएच फाउण्डेसनको आयोजनामा र्याली भएको हो ।

¥यालीमा ४७ वटा कार सहभागी भएको कार्यक्रम संयोजक दिवाकर राजकर्णिकारले जानकारी दिए । ४७ वटा कारमा १ सय ६० जना सहभागी रहेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न तथा चितवन र पोखरामा पर्यटकीय गतिविधि बढाउन ¥यालीले योगदान पु¥याउने आयोजकको विश्वास छ ।

कार्यक्रममा क्यान्सर सचेतना अभियान पनि सञ्चालन गरिएको छ । ट्राफिक नियमहरुको पूर्ण पालना गरी निश्चित बाटो र ठाउँ अनुसार निर्धारित गतिमा मात्र कार चलाउन पाइने व्यवस्था गरिएको छ । टिडिएस (टाइम, डिस्टेन्स र स्पिड) का आधारमा मोटर ¥याली तय गरी विभिन्न सचेतनामूलक टाक्सहरु गर्दै गन्तव्यमा पुगिनेछ ।

You might also like

Comments are closed.