काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र पर्यटन क्षेत्रमा पुनर्जागरण ल्याउने लक्ष्यसहित नवौं ‘द अम्याजिङ मोटर र्याली हुने भएको छ । काठमाडौं–गोरखा–पोखरा गरी ३ शहरलाई जोड्ने गरी र्याली हुन लागेको हो ।
रोटरी क्लब अफ बागमती काठमाडौं र केजिएच ग्रुपको आयोजनामा मार्च २५ देखि २६ सम्म र्याली हुने भएको छ । पहिलो दिन र्यालीमा सहभागीहरु गोरखा पुगेर बस्नेछन् भने दोस्रो टोलीलाई पोखराको वाटर फ्रन्ट रिसोर्टमा स्वागत गर्ने कार्यक्रम राखिएको छ ।
र्यालीमा सहभागी हुन चाहनेहरुका लागि रजिस्टेसन खुल्ला गरिएको कार्यक्रम संयोजक दिवाकर राजकर्णिकारले जानकारी दिए । ‘नेपालको पर्यटन प्रवद्र्धनमा आन्तरिक पर्यटनको महत्वपूर्ण योगदान रहेको छ,’ उनले भने, ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न तथा गोरखा र पोखरामा पर्यटकीय गतिविधि बढाउन र्यालीले योगदान पु¥याउने हामीले लक्ष्य लिएका छौं ।’
ट्राफिक नियमहरुको पूर्ण पालना गरी निश्चित बाटो र ठाउँ अनुसार निर्धारित गतिमा मात्र कार चलाउन पाइने व्यवस्था गरिएको छ । टिडिएस (टाइम, डिस्टेन्स र स्पिड) का आधारमा मोटर र्याली तय गरी विभिन्न सचेतनामूलक टाक्सहरु गर्दै गन्तव्यमा पुग्ने उनले जानकारी दिए ।
Comments are closed.