मोटरहेड खरिद गरेका तुलाधरले जिते १ लाख रुपैयाँ

काठमाडौं । मोटरहेड ब्राण्डको बाइक खरिद गरेका सुवेन्दु रत्न तुलाधरले एक लाख रुपैयाँ नगद जित्न सफल भएका छन् । मोटरहेड ब्राण्डका लागि नेपालको एकमात्रै आधिकारिक वितरक एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रा.लि.ले गत दसैं, तिहार, छठको अवसरमा ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको थियो । सोही अफर अवधिमा बाइक खरिद गरेका उनले सोमबार भएको ‘लक्की ड्र’मार्फत एक लाख रुपैयाँ जित्न सफल भएका हुन् । तुलाधरले धोविघाट शोरुमबाट मोटरहेडको एमएच १५० आर बाइक खरिद गरेका थिए ।

त्यसैगरी दया बुद्ध मगरले ५० हजार रुपैयाँ जित्न सफल भएका छन् । उनले बालाजु शोरुमबाट टेक्कन आर २५० खरिद गरेका थिए । टेकु शोरुमबाट स्क्र्याम्बलर २५० खरिद गरेका सुशान्त पौडेलले नगद २५ हजार जितेका छन् ।

कार्यक्रममा बोल्दै प्रालिका निर्देशक सुगम घिमिरले ग्राहकको हितलाई मध्यनजर गर्दै मोटरहेडले समय समयमा विभिन्न अफरहरु ल्याइरहेको र आगामी दिनमा पनि यस्ता अफरलाई निरन्तरता दिने बताए । एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेड मोटरसाइकल युवाहरुमाझ लोकप्रिय रहेको जनरल म्यानेजर उज्वल जोशीले बताए ।

jutta mela

लक्की ड्र कार्यक्रममा मोटरहेडका एमएच२०० का राइडर मनोज महर्जनको पनि उपस्थिति थियो । उनले मोटरहेड ब्राण्ड आफूले निरन्तर चलाइरहेको र आरामदायी, विश्वसनीय र किफायती रहेको बताए ।

मोटरहेडका स्क्र्याम्बलर, एमएच १५०, एमएच २००, स्पोर्टस् २५० (अफरोड), स्पोर्टस् २५० (रोड), टेक्कन २५०, टेक्कन आर २५०, एक्स टर्क २५० बाइक नेपाली बजारमा उपलब्ध छन् । सस्तो मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको कम्पनीको दावी छ ।

You might also like

Comments are closed.