बुटवल । मोटरहेड ब्राण्डको नयाँ शोरुम बुटवलमा खुलेको छ । बुटवलको तिलोत्तमा ३ मा खुलेको शोरुमकोे शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । नाटुका केन्द्रीय अध्यक्ष जीवन अधिकारीको शोरुमको उद्घाटन गरेका हुन् ।
कार्यक्रमका बोल्दै अधिकारीले बाइकमा युवाहरुको आकर्षण देखिएको र मोटरहेड ब्राण्डप्रति युवाहरु अझै बढी आकर्षित हुने विश्वास व्यक्त गरे । ‘बुटवलमा मोटरहेडको थ्रि एस शोरुम उद्घाटन गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने ।
बाइक बिक्रीसँगै पार्टसको उपलब्धता र बिक्री पछिको सेवालाई प्राथमिकतामा राखिएको मोटरहेड शोरुम लुम्बिनी टु ह्विल्सका प्रवन्ध निर्देशक सुनिल भुसालले बताए । ग्राहकलाई आवश्यक पर्ने सेवा सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा ग्राहकमुखी अफर र सेवालाई प्रस्तुत गर्दै अघि बढ्ने उनको प्रतिबद्धता छ । भुसाल स्वयमले मोटरहेडको स्क्रयाम्लर २५० बाइक बिगत डेढ वर्षदेखि चढ्दै आएका छन् । मोटरहेड बाइक र पर्फमेन्स राम्रो लागेकाले नै डिलर लिएको उनले बताए ।
मोटरहेडको लागि नेपालको आधिकारिक बिक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रा.लि.का जनरल म्यानेजर उज्ज्वल जोशीले नेपाली बजारमा मोटरहेड ब्राण्डप्रति आकर्षण बढेको बताए ।
शोरुम उद्घाटनको अवसरमा फागुन २१ देखि २३ गतेसम्म बुटवल शोरुममा विशेष अफरसहित बाइक बिक्री हुने कम्पनीले जनाएको छ । एक्स्चेन्ज तथा सरल फाइनान्सको सुविधा प्रदान हुनेछ । एक्स्चेन्ज गर्दा पूरानो बाइक तथा स्कुटरको बजार मूल्य भन्दा थप १५ हजार रुपैयाँ बढी मूल्यांकन हुने बताइएको छ । हेलमेट निःशुल्क उपलब्ध हुनेछ ।
मोटरहेडको स्पोर्टस रोड भर्सन बाइकको मूल्य ३ लाख ७० हजार रुपैयाँ र स्पोर्टस अफरोड भर्सन बाइकको मूल्य ३ लाख ६८ हजार रुपैयाँ पर्छ । एमएच २०० को मूल्य ३ लाख ७५ हजार रुपैयाँ, टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ र स्क्र्याम्ब्लर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ पर्छ । राम्रो ब्राण्डका बाइकहरु तुलनात्मक रुपमा सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध गराउन सफल भएको कम्पनीले जनाएको छ ।
Comments are closed.