मोटरहेडको ‘बिग बिगर बिगेष्ट’ अफर, यस्ता छन् विशेषता

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले आफ्नो नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाउँदै ‘बिग बिगर बिगेष्ट’ नामाकरण गर्दै यही असार १३ बाट थप अफरका साथ परिमार्जित गरेको छ ।

सो मितिबाट मोटरहेडका वाइक खरिद गर्ने आफ्ना ग्राहकलाई स्क्र्याच कुप, बम्परमा सहभागीको साथै २ वर्षको वार्षिक कर फ्रि हुने कम्पनीले जनाएको छ । जसमा स्क्र्याच गरी १ लाख रुपैयाँसम्म छुट पाउन सकिने र वम्परमा २ लाख ७ हजार ९ सय रुपैयाँ नगद उपहार जित्न सकिने छ ।

साथै पुराना वाइक सट्टापट्टा (एक्स्चेन्ज) गरी खरीद गर्ने ग्राहकको हकमा कम्पनीले स्क्र्याच कार्ड उपलब्ध नहुने गरी सोझै बजार मुल्याकंनमा थप २० हजार रुपैयाँ मुल्याकंन गरी २ वर्षको वार्षिक करको छुटको व्यवस्था कम्पनीले गरेको छ । कम्पनीका अनुसार यो अफर सीमित अवधिको लागि लागू रहने छ ।

त्यसैगरी कम्पनीको वाइकहरु हाल पुरानै मूल्यमा उपलब्ध रहेता पनि छिट्टै मूल्य बढ्ने जानकारी कम्पनीले दिएको छ । मोटरहेड ब्राण्डका अपग्रेड मोडलहरु जस्तै Scrambler, Tekken R 223, X-Torque 223, Sports-250 Offroad/ Road, MH-200X /  MH-150R यो समयमा युवा र वयस्क माझ परिचित र रुचाइएको पाइन्छ । कम्पनीको शोरुम पोखरा, वुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, विर्तामोड, कावासोती, स्याङजा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबिघाट, ललितपुरमा रहेका छन् ।

You might also like

Comments are closed.