मोटरहेडको स्टक क्ल्यिरेन्स अफर : बाइक किन्दा ४० हजारसम्म छुट

काठमाडौं ।  मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले स्टक क्लियरेन्स अफर ल्याएको छ ।

उक्त अफर अनुसार २०२० र २०२१ मोडल वर्षको स्टकमा रहेका मोटरहेडका  स्क्र्याम्बलर २५०, टेक्कन आर २५०, टेक्कन २५० र एक्स-टर्क २५० बाइक किन्दा २५ हजारदेखि ४० हजार रुपैयाँ सम्म छुट प्राप्त गर्न सकिनेछ ।

नेपाली बजारमा हाल ४ बाइकको मूल्य क्रमशः ४ लाख ९५ हजार, ४ लाख ७५ हजार, ३ लाख ९५ हजार र ३ लाख ९० हजार रुपैयाँ  रहेको छ । ग्राहकले नेपालभर रहेका मोटरहेडका शोरुममार्फत यो अफर अन्तर्गतको सुविधा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको हाल काठमाडौं उपत्यकामा टेकु, धोविघाट र सल्लाघारी भक्तपुरमा शोरुम रहेको छ भने उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, पोखरा, बाग्लुङ र जुम्लामा डिलर रहेको छ ।

हालको नाजुक आर्थिक अवस्थामा समेत ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यका साथ यो अफर ल्याएको कम्पनीले जनाएको छ ।

 

You might also like

Comments are closed.