मोटरहेडको मोटरसाइकल किन्दा ३५ हजार छुट

काठमाडौं । मोटरहेडको मोटरसाइकल किन्दा ग्राहकले ३५ हजार रुपैयाँ छुट पाइरहेका छन् ।

मोटरहेडको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड स्क्र्याम्बलर मोटरसाइकलमा ३५ हजार रुपैयाँ छुट उपलब्ध गराएको हो । हाल सो मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ ।

मोटरहेडले स्टक क्लियरेन्स अफरको रुपमा यो छुट उपलब्ध गराएको हो । कम्पनीले सन् २०२० र २०२१ मोडलका मोटरसाइकलमा यो छुट उपलब्ध गराएको छ । इनर ब्यालेन्सर सहित २५० सीसीको इन्जिनमा उपलब्ध स्क्र्याम्बलर मोटरसाइकलमा ८२० एमएमको सिट हाइट छ ।

jutta mela

६–स्पिड गियरबक्स भएको सो बाइकमा २२३ सीसी आयल कुल्ड इञ्जिन छ, जसले १९ एचपीको पावर र २० एनएमको टर्क जेनेरेट गर्दछ । सो बाइकको ग्राउण्ड क्लियरेन्स चाहिँ २६० मिलिमिटर छ । त्यसैगरी यसमा १४ लिटरको इन्धन ट्यांकी छ ।

कम्पनीका अनुसार रेट्रो लुक्स बोकेको स्क्र्याम्ब्लर २५० को बिल्ट क्वालिटी एकदमै राम्रो छ । रेट्रो एलईडी हेडलाइट, नव्बी टायर, बार एण्ड मिरर्स, अपराइट–राइडिङ्ग पोजिसन र रग्ड अपेरियन्सले सो बाइकलाई एकदमै आकर्षक बनाएको छ । सो मोटरसाइकलमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ जसले सवै आवश्यक जानकारी डिस्प्ले गर्दछ ।

त्यसैगरी टफ बिल्ट क्वालिटी, रेट्रो एलईडी हेडलाइट, उच्चतम टर्क सहितको रिफाइन्ड मेसिन र ड्युअल परपोज राइड जस्ता विशेषता यसमा रहेका छन् ।

रेट्रो लुक र आयल–कुल्ड इन्जिनमा यति कम मूल्यमा उपलब्ध हुने यो एक मात्र मोटरसाइकल भएको कम्पनीको दावी छ । मोटरहेडका अन्य मोडल टेक्कन आर२५०, टेक्कन २५० र एक्स–टर्क २५० मा समेत यस प्रकारको अफर रहेको छ ।

You might also like

Comments are closed.