उपत्यकाका तीन वटै सर्भिस सेन्टरमा ‘मोटरहेड वि केयर क्याम्प’ हुने, विशेष छुटमा सेवा

काठमाडौं । लोकप्रिय मोटरसाइकल ब्राण्ड मोटरहेडले MOTORHEAD We Care Camp सञ्चालन गर्ने भएको छ । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले यही भदौ १३ देखि १५ गतेसम्म ३ क्याम्प आयोजना गरेको हो ।

हाल काठमाडौं उपत्यकामा बालाजु, धोवीघाट र सल्लाघारीमा मोटरहेडको थ्रीएस सेन्टर छ । यी सबै सर्भिस सेन्टरमा हुने सर्भिस क्याम्पमार्फत ग्राहकलाई पूर्ण सन्तुष्टि दिने लक्ष्य राखिएको सर्भिस हेड विवेक पञ्जियारले बताए । ‘सो अवसरमा दक्ष इन्जिनियर र मेकानिक्सद्वारा विभिन्न चेकजाँच गरिने छ,’ उनले भने, ‘हाम्रा ग्राहकको सेवा सुविधामा हामी सधैं तयार छौं । उत्कृष्ट सेवा प्रदान गरिरहेका छौं । बिक्री पछिको सेवालाई पहिलो प्राथमिकतामा राखेका छौं ।’

ग्राहकलाई सर्भिस चार्जमा ५० प्रतिशत, पार्ट्स खरिदमा १५ प्रतिशत र लुब्रिकेन्टको खरिदमा ५ प्रतिशत छुट प्रदान गरिनुका साथै विशेष उपहार समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

jutta mela

मोटरहेडले हालै धादिङ र मन्थलीमा थ्रीएस सेन्टरको शुभारम्भ गरेको छ । यो भन्दा पहिले काठमाडौं उपत्यकाको धोविघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा उपत्यका वाहिर इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा थ्रीएस सेन्टर छन् ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टयर र स्पोर्ट्स रोड टायरको मुल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार पर्छ । हालै भित्रिएको नयाँ एमएच १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ छ । हालै भित्रिएको नयाँ एमएच १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ छ । बाइकको तुलनामा मूल्य सस्तो रहेको कम्पनीले जनाएको छ । नेपाली सडकमा मोटरहेड ब्राण्डका मोटरसाइकल देखिने क्रम पछिल्लो समय बढिरहेको छ ।

You might also like

Comments are closed.