काठमाडौं । मोटरहेड ब्राण्डको मोटरसाइकलका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले विल्कुलै नयाँ विशेषतासहितको मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । जुन बाइक राइड गर्दा ग्राहकले अहिलेसम्मकै फरक अनुभव गर्न सक्ने बताइएको छ ।
मोटरहेडको बहुप्रतिक्षित नयाँ बाइक २२३ सिसीको सेगमेन्टमा बजारमा आउन लागेको बताइएको छ । जुन बाइक असोज १ गते औपचारिक रुपमा नेपाली बजारमा सार्वजनिक हुनेछ । सार्वजनिक भएकै दिनबाट ग्राहकले बाइक टेष्ट ड्राइभ, खरिद र बुकिङ गर्न सक्नेछन् ।
सार्वजनिक हुन लागेको बाइकको सम्पूर्ण विशेषता र मूल्य कम्पनीले आगामी शुक्रबार नै सार्वजनिक गर्नेछ ।
यस अगाडि पनि ग्राहकको विश्वास जित्दै आएको मोटरहेडले सार्वजनिक गर्न लागेको नयाँ बाइक धेरै नेपाली बाइक पारखीहरुको रोजाईमा पर्ने विश्वास गरिएको छ ।
Comments are closed.