मोटरहेडको ‘थ्रिएस’ शोरुम बालाजूमा खुल्दै, उद्घाटनमा विशेष छुट

काठमाडौं । मोटरहेड बाइकको शोरुम काठमाडौंको बालाजुमा खुल्ने भएको छ । मोटरहेडका लागि नेपालको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले शुक्रबारबाट शाखा सञ्चालनमा ल्याउन लागेको हो ।

प्रालिले ललितपुर र भक्तपुरपछि काठमाडौंमा तेस्रो शाखा विस्तार गर्न लागेको हो । मोटरहेडका ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने गरी शोरुम विस्तार गर्न लागिएको प्रालिले जनाएको छ । ग्राहकले शुक्रबारदेखि बालाजु शाखाबाट पनि सेल्स, सर्भिस र स्पेयर्स पार्टस्को सुविधा प्राप्त गर्नेछन् ।

शोरुम उद्घाटनमा विशेष छुट

jutta mela

मोटरहेडको बालाजू शाखा उद्घाटनका अवसरमा शुक्रबार ग्राहकले विशेष छुट प्राप्त गर्ने भएका छन् । बालाजू शाखाबाट शुक्रबार मोटरहेड बाइक खरिद गर्ने ग्राहकले नगद १५ हजार छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी स्पेयर्स पार्टसमा १० प्रतिशत र लेबरचार्जमा ५० प्रतिशत छुट प्रदान हुनेछ । स्पेयर्स पार्टस र लेबरचार्जमा प्रदान गरिने छुट एक सातासम्म जारी रहने जनाइएको छ ।

अफरोड र पिच दुवै सडकका लागि उपयुक्त बाइक

मोटरहेडका बाइकहरु अफ रोड र पिच दुवै सडकका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । मोटरहेडका डट बाइकदेखि स्क्र्याम्ब्लर तथा क्रस ओभर गरी ३ सेगमेन्टमा ७ वटा मोडलका बाइकहरु नेपाली बजारमा उपलब्ध छन् ।

बजारमा प्रख्यात रहेका टेक्कन २५०, एमएच २००, स्क्र्याम्ब्लर २५० र स्पोर्टस २५० बाइक रोड र अफरोड भर्सनमा उपलब्ध छन् । मोटरहेडका २ लाख ८८ हजार रुपैयाँदेखि ४ लाख ५० हजारसम्मका बाइकहरु बजारमा बिक्री भइरहेका छन् ।

राम्रो ब्राण्डका बाइकहरु तुलनात्मक रुपमा सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध गराउन सफल भएको कम्पनीले जनाएको छ । सबैको पहुँच हुने गरी राम्रो प्रडक्ट बिक्री गरेको धेरै ग्राहकको विश्वास जित्न सफल भएको कम्पनीको दावी छ ।

मोटरहेडका डिलहरु पोखरा, चितवन, विरगञ्ज, बागलुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, इटहरीमा तथा काठमाडौंको टेकु, मित्रपार्क, बनेपा लगायतका ठाउँमा छन् ।

You might also like

Comments are closed.