पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले United Reference Laboratory (URL) मा उपलब्ध विभिन्न प्रयोगशाला परीक्षण सेवामा आकर्षक छुट पाउने भएका छन् । यस सम्बन्धमा ग्रीन डेभलपमेन्ट बैंक लि. र URL बीच सम्झौता भएको हो ।
सम्झौताअनुसार ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले URL मा उपलब्ध हुने प्रयोगशाला परीक्षण सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यसैगरी, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारका सदस्यले २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
उक्त सुविधा कास्कीको शिशुवा, हस्पिटलचोक, खुदी, बिरौटा,लेकसाईट, लमजुङको बेशीसहर र सुन्दरबजार, स्याङ्जाको पुतलिबजार र वालिङ, तनहुँको दुलेगौडा, बेलचौतारा र दमौली ,बागलुङ, नवलपुरको कावासोती शाखा स्थित URL को शाखा कार्यालयबाट समेत प्राप्त गर्न सकिनेछ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी र URL का तर्फबाट अध्यक्ष ठाकुर प्रसाद पन्थले हस्ताक्षर गरेका छन् ।





Comments are closed.