काठमाडौं । नारायणचौर, नक्शालमा प्रधान कार्यालय रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जावलाखेल, ललितपुरमा रहेको अल्का अस्पताल प्रा.लि.बीच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पताल प्रा.लि.का वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म अल्का अस्पताल प्रा.लि.बाट नगद रहित हस्पिटलाईजेशस (Cashless Hospitalization) सुविधा प्राप्त गर्न सकिने छ ।
साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले अल्का अस्पताल प्रा.लि.ले आफना ग्राहकलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने बताएका छन् ।
अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सकिने भएकोले ढुक्क भएर सेवा लिन आव्हान गरेका छन् । सोही अवसरमा वित्त अधिकृत मुकुन्द भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकको संख्यामा वृद्धि हुँदै गएको, कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमशः सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने बताए ।




Comments are closed.