काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा अध्ययनका लागि जाने बिद्यार्थीले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरु मुक्तिनाथ विकास बैंकबाट गर्न सकिने सेवाको सुरुवात गरेको छ । एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस प्रा.लि. महाराजगंज र मुक्तिनाथ विकास बैंक लि. बीच एक सम्झौता गरी शैक्षिक शूल्क भुक्तानी सम्बन्धी कार्यको सुरुवात गरेको हो ।
यस सेवा अन्तर्गत उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहाने नेपाली बिद्यार्थीले Visa Fees, SAT, SEVIS Fees , PTE Exam Fees, Application fees, GMAT लगाएतको शैक्षिक शूल्कहरु मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सक्ने छन् । यो सेवा हालको लागि बैंकको महाराजगंज शाखा र कमलादी शाखा कार्यालयबाट सुरुवात गरिएको प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।
।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA NETWORK अन्तर्गतको जुन सुकै बैंकको ब्त्ः बाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको छ । त्यसै गरी मोबाईल बैंकिङ, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा लगाएतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
Comments are closed.