काठमाडौं । सामुदायिक स्वास्थ्य सेवा परिषद डल्लु आवासलाई रोटरी क्लबमार्फत स्वास्थ्य उपकरण सहयोग हुने भएको छ । ताइवानको रोटरी क्लब अफ टाइचुङ नर्थ इस्टले रोटरी क्लब अफ कपनमार्फत स्वास्थ्य उपकरण सहयोग गर्ने भएको हो ।
क्लबले ५० हजार डलर बराबरको स्वास्थ्य उपकरण परिषदलाई सहयोग गर्नेछ । एक महिनाभित्र सहयोग उपकरण परिसद आइपुग्ने गरी दुई पक्षबीच सोमबार एक कार्यक्रमबीच सम्झौता भएको छ ।
परिषदका अध्यक्ष हरिगोपाल श्रेष्ठ, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बुलन्द थापा र रोटी क्लब अफ कपनका अध्यक्ष प्रल्हाद दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
परिषदको स्तरउन्नति र सेवा विस्तारमा रोटरी क्लब मार्फत प्राप्त हुने स्वास्थ्य उपकरणले महत्वपूर्ण योगदान गर्ने परिषदका अध्यक्ष श्रेष्ठले बताए । रोटरी क्लबमार्फत सहयोग उपलब्ध गराउन पाउँदा गौरव महसुस भएको रोटरी क्लब अफ कपनका अध्यक्ष प्रल्हाद दाहालले बताए । ताइवानको क्लबप्रति उनले आभार व्यक्त गरे । सेवा विस्तारले सेवाग्राहीहरु लाभान्वित हुने मेडिकल सुपरिटेन्डेन्ट डा बुलन्थ थापाले बताए ।
सामुदायिकस्तरबाट सञ्चालित परिषदले आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराइरहेको र रोटरीमार्फत प्राप्त हुने उपकरणले सेवाको स्तरउन्नति थप प्रभावकारी हुने परिषदका सूचना अधिकारी तथा व्यवस्थापन उपसमितिका सचिव दीपक चन्द्र गौतमले बताए ।









Comments are closed.