अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले २०औं स्थापना दिवस मनाउने

पोखरा । पोखराको रातोपैह्रामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले २०औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ ।

सन् २००४ फेब्रुअरी ५ मा अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय स्थापना भएको हो ।पर्वतीय संग्रहालय स्थापना दिवसको सन्दर्भमा ‘डाफा-दि म्युजिक अफ भ्याली’ र ‘बुकबस’ ५ फेब्रुअरीदेखि १२ फेब्रअरीसम्म संचालन हुनेछन् ।

प्लस टु स्तरीय हाजिरीजवाफ प्रतियोगिता फेब्रअरी ३ र ४ तारिखमा हुनेछ भने स्नातक तह स्तरीय निवन्ध प्रतियोगिता पनि आयोजना गरिने कार्यकारी निर्देशक निर्मला न्यौपानले जानकारी दिइन् ।

jutta mela

पर्वतीय संग्रहालय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरेको छ । शैक्षिक भ्रमणमा पोखरा पुग्नेहरुको पनि आकर्षक गन्तव्य पनि संग्रहालय बन्न सफल छ ।

You might also like

Comments are closed.