माउन्ट अन्नपूर्णको ४२ वर्षे यात्रा, शिक्षामा सधैं अग्रणी

रविना ढकाल

२०३० को दशकमा पोखरामा फाट्टफुट्ट सरकारी विद्यालयहरु मात्र थिए । त्यो समय चाहेर पनि निजी विद्यालयमा पढ्न पाउने अवस्था थिएन । शिक्षासेवी विकल शेरचनलाई लाग्यो पोखरामा निजी क्षेत्रबाट विद्यालय सञ्चालन गर्नुपर्छ । फलस्वरुप उनै शेरचनको अगुवाइमा २०३५ सालमा पोखरामा जन्मियो माउन्ट अन्नपूर्ण स्कुल ।

निजी क्षेत्रबाट खुलेको पोखराको पहिलो विद्यालय माउन्ट अन्नपूर्ण अहिले ४२औं वर्षमा यात्रारत छ । निरन्तर शिक्षा सेवामा अग्रणी बन्दै ४ दशक पार गर्नु आफैमा एउटा इतिहास कायम गर्नुपनि हो, जुन यात्रामा कहिल्यै पछाडि पर्कनु परेन माउन्ट अन्नपूर्णलाई । शैक्षिक क्षेत्रमा एउटा ब्राण्ड बनेर स्थापित भएको छ माउन्ट अन्नपूर्ण । विकल शेरचनले जन्माएको माउन्ट अन्नपूर्णलाई मलजल गर्दै हुर्काउँदै अहिलेको अवस्थामा ल्याइपुर्याउनुमा भने धेरैको पसिना बगेको छ ।

अंग्रेजी माध्यमबाट पठनपाठन गरिरहेको माउन्ट अन्नपूर्णमा दक्ष तथा अनुभवी सञ्चालकहरुको समूह आबद्ध छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गिरीप्रसाद गुरुङ छन् भने प्रिन्सिपल भएर प्रशासनको नेतृत्व प्रदीपकुमार लम्सालले गरिरहेका छन् । स्कुलका अन्य सञ्चालकहरुमा चीजकाजी गुरुङ (निबर्तमान अध्यक्ष), तेज गुरुङ, अशोककुमार शाही, झमबहादुर गुरुङ, सइन्द्र राज श्रेष्ठ, सूर्यप्रकाश प्रधानाङग, चित्रबहादुर गुरुङ, रविन गुरुङ, भीमकाजी गुरुङ, बुद्धिमान गुरुङ र सूर्य गुरुङ छन् । ‘विद्यालयले गुणस्तरीय तथा समयको माग अनुसारको शिक्षा प्रदान गर्दै आइरहेकाले आम विद्यार्थी तथा अभिभाबकको मन र विश्वास जित्न सफल भएका छौं,’ प्रिन्सिपल लम्साल बताउँछन् ।

विद्यालयमा १ हजार ३ सय ५० जना विद्यार्थीको सिट क्षमता छ । नर्सरीदेखि कक्षा १० सम्म ८ सय ५० जना र प्लस टुमा ४ सय जनाले वर्षेनी अध्ययन गर्ने अवसर पाउँछन् । ‘विद्यार्थीलाई एक योग्य र कुशल व्यक्ति बनाउने विद्यालयको उद्देश्य हो,’ लम्साल भन्छन्, ‘पढाई र खेलकुदसँगै सामाजिक जिम्मेवारी पनि विद्यार्थीलाई सिकाउने गरिन्छ । यसले एक असल तथा जिम्मेवार नागरिक बनाउन सहयोग गर्छ ।’ विद्यार्थीलाई अध्यापन मात्र नगरी उनीहरुको इच्छा तथा चाहनाको आधारमा विषय छनोट गरी अध्ययन गर्न विद्यालयले करियर काउन्सिलिङ पनि गर्छ । विद्यार्थीमा नेतृत्वदायी क्षमताको विकास पनि विद्यालयले गराउँदै आएको छ ।

दक्ष तथा अनुभवी शिक्षकद्वारा पढाई हुने विद्यालयमा शान्त तथा सुन्दर वातावरण छ । विद्यार्थीमैत्री तथा पारिवारिक वातावरणमा पठनपाठन हुने गरेको बताउँछन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीप्रसाद गुरुङ । ‘अत्याधुनिक सुविधा सम्पन्न भौतिक संरचना छ,’ उनले भने, ‘अत्याधुनिक तथा नवीनतम विधि तथा प्रविधिको प्रयोग गरी शिक्षण गरिन्छ । जुन विधि विद्यार्थीको रोजाईमा परेको छ ।’ विभिन्न विषय विशेषज्ञद्वारा समय समयमा विद्यार्थीका लागि गोष्ठी तथा सेमिनारको आयोजना पनि विद्यालयमा भइरहेका हुन्छन् ।

अध्ययन अध्यापनमा मात्र नभई अन्य अतिरिक्त क्रियाकलापलाई विद्यालयले प्राथमिकतामा राख्ने गरेको सञ्चालक अशोककुमार शाही बताउँछन् । ‘विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाउँछन्,’ उनले भने । हाजिरीजवाफ, वक्तृत्वकला, लेखन प्रतियोगिता लगायत विभिन्न प्रतियोगिता र खेलकुदका विभिन्न गतिविधि विद्यालयले सञ्चालन गर्छ । प्रयोगात्मक कक्षाको लागि सुविधा सम्पन्न तथा स्तरीय ल्याब छ । शैक्षिक भ्रमणको आयोजना पनि वर्षेनी हुने गरेको छ । ‘हरेक कक्षाकोठामा मल्टिमिडियाबाट पढाई हुन्छ,’ शाहीले भने, ‘लाइब्रेरीको पनि राम्रो व्यवस्था छ ।’ सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न काम शिक्षक, विद्यार्थी तथा सञ्चालकहरुबाट भइरहेको शाहीले बताए । ‘यसले समाजमा विद्यालयप्रति थप सकारात्मक धारणा विकास गराएको छ,’ उनले भने ।

 

प्लस टुमा म्यानेजमेन्ट, होटल म्यानेजमेनट र ट्राभल एण्ड टुरिजम

माउन्ट अन्नपूर्णले प्लस टुमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको पढाई सञ्चालन गर्दै आइरहेको छ । विद्यालयले २०६५ बाट प्लस टुको पठनपाठन सुरु गरेको हो । प्लट टुको पढाई सुरु भएदेखि नै व्यवस्थापन अध्ययनमा रुची भएका विद्यार्थीहरुको रोजाईमा माउन्ट अन्नपूर्ण पन सफल भएको सञ्चालक चीजकाजी गुरुङ बताउँछन् । धेरै विद्यार्थीको रोजाईमा म्यानेजमेन्ट अध्ययन पर्ने गरेकाले विद्यालयले पनि सोही विषयलाई प्राथमिकता दिएको उनले बताए ।

विश्व परिवेशमा हेर्ने हो भने म्यानेजमेन्टको माग बढिरहेको छ । विश्व अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको पर्यटन व्यवसायलाई मध्यनजर गरी ट्राभल एण्ड टुरिजमको कोर्ष पनि सञ्चालन गरिएको प्रिन्सिपल प्रदीपकुमार लम्सालले बताए । ‘यो विषयमा पनि विद्यार्थीको राम्रो आकर्षण छ,’ उनले भने । होटल म्यानेजमेन्ट पनि अहिले धेरै विद्यार्थीको रोजाईमा पर्छ । होटल व्यवसाय सञ्चालन गर्ने र पर्यटकको आतिथ्यताका लागि होटल म्यानेजमेन्ट महत्वपूर्ण पक्ष हो ।

 

नेपालमा होटल म्यानेजमेन्टको दिनानुदिन माग बढिरहेको सन्दर्भमा यो विषय अध्ययन गर्ने विद्यार्थीहरु पनि वर्षेनी बढिरहेको लम्सालको अनुभव छ । विद्यार्थीको रोजाईको विषय पनि रहेको र समय सान्दर्भिक विषय भएकाले विद्यालयले होटल म्यानेजमेन्ट पनि शुरु गरेको हो । माउन्ट अन्नपूर्णले उत्पादन गरेका विद्यार्थी बैंकिङ, फाइनान्स, व्यवसाय लगायत विभिन्न उत्पादन र सर्भिस सम्वन्धी व्यवसायमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् । विद्यालय तहमा अध्ययन गरेर कलेजमा अन्य विषय पढेका सयौं विद्यार्थी डाक्टर, इन्जिनियर लगायत विभिन्न कलेजका प्राध्यापक पनि बनिसकेका छन् ।

नयाँ जोस र जाँगरका साथ विद्यार्थीलाई अध्ययनमा सहयोग गरी उनीहरुको करियर विकासमा विद्यालयले सहयोग गरिरहेको बताउँछन् प्रिन्सिपल लम्साल । विद्यालयमा अध्यापन हुने म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट जस्ता विषयले विद्यार्थीलाई थप उच्च शिक्षा अध्ययनको लािग धेरै सहज बनाउने उनको भनाई छ ।

माउन्ट अन्नपूर्ण मा.वि. विद्यार्थीको लागि उत्कृष्ट गन्तव्य रहेको बताउँछन् विद्यालयका एकेडेमिक डाइरेक्टर अशोक शाही । विद्यार्थीको लक्ष्य, उद्देश्य र भविष्यको गन्तव्यमा पुग्नको लागि आफूहरुले सकेको सहयोग गर्ने गरेको उनले बताए । ‘विद्यार्थी केन्द्रित विधिको प्रयोग गरी शिक्षण गरिन्छ । विद्यार्थीलाई धेरै भन्दा धेरै गतिविधिमा संलग्न गराउँछौं,’ उनले भने, ‘रचनात्मक र आलोचनात्मक क्षमता विकास गराउँछौं, जसले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुर्याउँछ ।’ विद्यार्थीलाई गन्तव्यमा पुर्याउन विद्यालयको टिम खटेर लागेको र सफल विद्यार्थी उत्पादन गर्न समर्पित रहेको उनको भनाई छ । हस्पिटालिटी इन्डष्ट्रिमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको उद्देश्य रहेको शाहीको भनाइ छ ।

jutta mela

प्लस टु म्यानेजमेन्ट २ वर्षको कार्यक्रम हो । यसले विद्यार्थीमा विजनेश र म्यानेजमेन्ट सम्वन्धी धारणा विकास गराउँछ । भविष्यमा सफल व्यवसायी बन्न तथा नेतृत्व क्षमताको विकास गराउँछ । कर्पोरेट सेक्टरमा जान चाहने विद्यार्थीका लागि म्यानेजमेन्ट उपयुक्त विषय रहेको बताउँछन् विद्यालयका प्लस टु कोअर्डिनेटर कृष्ण लम्साल । म्यानेजमेन्ट मार्फत आफ्नो करियर बनाउन चाहने विद्यार्थीले म्यानेजमेन्ट स्टडिजको बारेमा जान्नुपर्ने उनी बताउँछन् । यसको लागि उत्कृष्ट गन्तव्य माउण्ट अन्नपूर्ण रहेको उनको भनाइ छ । ‘म्यानेजमेन्टले विद्यार्थीलाई सक्षम र नतिजामुखी बन्नको लागि आधार निर्माण गर्दछ,’ उनी भन्छन्, ‘व्यवस्थापकीय र नेतृत्वदायी भुमिका सिकाउँछ ।’ अहिलेको प्रतिस्पर्धात्मक समयमा कर्पोरेट ग्रुपहरुसँग काम गर्न सहज छैन । यो परिवेशमा विद्यार्थीलाई हरेक समस्यासँग जुध्दै आफूलाई नेतृत्वदायी भूमिकामा सफल हुने गरी नेतृत्व विकास गराउन कलेजले भूमिका खेलिरहेको उनले बताए । ‘म्यानेजमेन्टका विद्यार्थीलाई हामी धेरै ज्ञान सिकाउछौं । धेरै आइडिया सेयर गर्छौं । गोष्ठी तथा सेमिनारमार्फत व्यवसायीसँग अन्तर्क्रिया गराउँछौं,’ उनले भने ।

विजनेश लिडर्स, व्यवसायी, होटल व्यवसायीसँग अन्तरक्रिया तथा वर्कसप गरी विद्यार्थीसँग अनुभव आदानप्रदान पनि कलेजले गर्ने गरेको छ । यसले विद्यार्थीलाई कर्पोरेट वल्डमा प्रवेश गर्न तथा धारणा विकास गर्न सहयोग पुर्याउने बताउँछन् एडमिनिस्ट्रेटर प्रदीप पोखरेल । विद्यालयमा भएको कोर्ष कम्विनेशनले विद्यार्थीलाई लक्ष्यमा पुग्न सहज हुने बताउँछिन् विद्यालयको होटल म्यानेजमेन्ट (२०१७) ब्याचका विद्यार्थी रेजिना बिजुक्छे । विद्यालयमा आएपछि शैक्षिक मात्र नभई आफ्नो कम्युनिकेसन र लिडरसिप स्किल्स पनि विकास गरेको विद्यालयमा व्यवस्थापनमा २०१७ को ब्याचका विद्यार्थी सुमन तिलिजाको अनुभव छ ।

विद्यालयमा अन्तरक्रियात्मक तरिकाले पढाई हुने र वातावरण पनि आनन्ददायी रहेको विद्यार्थी कुलदीप दाहालले आफ्नो अनुभव सुनाउँछन् । विद्यालयले विभिन्न गतिविधि समेटेर वर्षमा २ पटक न्युजलेटर पनि प्रकाशित गर्ने गरेको छ । जसले विद्यार्थी, अभिभावक र समाजलाई विद्यालयका गतिविधिबारे जानकारी प्रदान गर्छ । यसमा शिक्षक तथा विद्यार्थीका विभिन्न लेख रचनालाई पनि प्राथमिकता दिइन्छ ।

विद्यार्थीको शैक्षिक तथा आर्थिक अवस्थाको आधारमा विद्यालयले पुरा र आशिंक छात्रवृत्तिको व्यवस्था गरेको छ । विद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई शिक्षण शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ । एसइइमा ३.९ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीलाई शिक्षण शुल्कमा शतप्रतिशत छुटको व्यवस्था छ । ३.८ र सो भन्दा जिपिए भन्दा माथि ल्याउने विद्यार्थीलाई शिक्षण शुल्कमा ७५ प्रतिशत छुट छ । ३.६ र सो भन्दा भन्दामाथि जिपिए ल्याउनेलाई शिक्षण शुल्कमा ५० प्रतिशत छुट छ । ३.५ र सो भन्दा माथि जिपिए ल्याउनेलाई शिक्षण शुल्कमा २५ प्रतिशत छुट छ । माउन्ट अन्नपूर्णबाट एसइइ उत्तीर्ण विद्यार्थीलाई शिक्षण शुल्कमा २५ प्रतिशत छुट छ ।

‘शैक्षिकसँगै व्यावसायिक स्किल्स पनि विद्यार्थीलाई सिकाउँछौं’ (प्रिन्सिपलसँग संवाद)

माउन्ट अन्नपूर्णमा कुन-कुन विषयको पढाई हुन्छन् ?

२०६५ सालदेखि प्लस टु शुरु गरेका हौं । शुरुवातको समयमा ३ वटा सेक्सनमा मात्र कक्षा सञ्चालन गरेका थियौं । २ सेक्सन होटल म्यानेजमेन्टका थिए भने एउटा म्यानेजमेन्टको थियो । अहिले म्यानेजमेन्ट, होटल म्यानेजमेनट र ट्राभल एण्ड टुरिजमको पढाई हुन्छ । यस अन्तर्गत पनि विद्यार्थीलाई विभिन्न विषय छनोट गर्ने अवसर छ । अहिले हामीले क्षमता बढाएका छौं । ६ सेक्सनमा पढाई हुन्छ । गत वर्षको विद्यार्थी भर्नालाई हेर्ने हो भने पनि पोखरामा धेरै संख्यामा होटल म्यानेजमेन्टका विद्यार्थी भर्ना गर्नेमा हामी पर्छौं ।

प्लस टुमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्टलाई प्राथकिमता दिनुको कारण के हो ?

धेरै विद्यार्थीको रोजाईमा म्यानेजमेन्ट पर्ने गरेकाले विद्यालयमा यो विषय शुरु गरिएको हो । विश्व परिवेशमा हेर्ने हो भने म्यानेजमेन्टको माग बढिरहेको छ । विश्व अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको पर्यटन व्यवसायलाई मध्यनगर गरी ट्राभल एण्ड टुरिजमको कोर्ष पनि संचालन गरेका छौं । यसमा पनि विद्यार्थीको राम्रै आकर्षण छ । होटल म्यानेजमेन्ट पनि अहिले धेरै विद्यार्थीको रोजाईमा पर्छ । होटल व्यवसाय सञ्चालन गर्ने र पर्यटकको आतिथ्यताका लागि होटल म्यानेजमेन्ट महत्वपूर्ण पक्ष हो । नेपालमा होटल म्यानेजमेन्टको दिनानुदिन माग बढिरहेको छ । विद्यार्थीको रोजाईको विषय पनि रहेको र समय सान्दर्भिक विषय भएकाले विद्यालयले होटल म्यानेजमेन्ट पनि शुरु गरेको हो ।

 

विद्यालय विद्यार्थीको रोजाईमा पर्ने कारण के हो ?

शैक्षिक क्षेत्रमा ४२ वर्षे लामो इतिहास हामीसँग छ । हामीले प्रदान गर्ने शैक्षिक वातावरणका कारण पनि विद्यार्थीको रोजाईमा पर्न सफल छौं । विद्यार्थी र अभिभावकको विश्वास जित्न सकेका छौं । निजी विद्यालयको क्षेत्रमा माउन्ट अन्नपूर्णले छुट्टै पहिचान बनाएको छ । कक्षा १० पछिको शिक्षा विद्यार्थीको लागि एक टर्निङ प्वाइन्ट हो । यस पछिको अध्ययन विद्यार्थीको करियरमा प्रत्यक्ष रुपमा जोडिएको हुुन्छ । हामीले विद्यार्थीलाई करियर काउन्सिलिङ पनि गर्छौं ।

माउन्ट अन्नपूर्णका विशेषता के छन् ?

विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी हामीले उत्पादन गरेका छौं । शैक्षिकसँगै व्यावसायिक स्किल्स पनि विद्यार्थीलाई सिकाउँछौं । किताबी ज्ञान भन्दा बाहिरका विषयबस्तु पनि हामी सिकाउँछौं । विद्यार्थीका कन्फिडेन्स र कम्युनिकेटिभ स्किल्स बढाउने खालका कुरा सिकाउँछौं । विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रतियोगिता सञ्चालन गर्छौं । खेलकुद क्षेत्रमा पनि हाम्रो विद्यालयका विद्यार्थीले नाम राख्न सफल भएका छन् । विभिन्न गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउँछौं । सर्टिफिकेट र रिजल्ट ओरिएन्टेड मात्र हामी छैनौं । विद्यार्थीलाई व्यवहारिक पक्षका ज्ञान पनि दिन्छौं । हामी शिक्षक मात्र नभई अभिभावक पनि हौं । पारिवारिक वातावरणमा शिक्षण गर्छौं । अत्याधुनिक सुविधा सम्पन्न भौतिक संरचना छ । प्राक्टिकलको लागि उच्चस्तरीय ल्याब उपलब्ध छ । लाइब्रेरीको व्यवस्था छ । समय समयमा फिल्ड भिजिट पनि विद्यार्थीलाई गराउँछौं । विषय विज्ञसँग गोष्ठी, छलफल तथा सेमिनारको आयोजना गर्छौं ।

माउन्ट अन्नपूर्णले उत्पादन गरेका विद्यार्थी कत्तिको सफल छन् ?

माउन्ट अन्नपूर्णले उत्पादन गरेका विद्यार्थी धेरै क्षेत्रमा सफल छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित छन् । होटल म्यानेजमेन्ट, बैंकिङ, फाइनान्सलगायत विभिन्न उत्पादन र सर्भिस सम्वन्धी व्यवसायमा अग्रस्थानमा छन् । विद्यालय तहमा अध्ययन गरेर कलेजमा अन्य विषय पढेका सयौं विद्यार्थी डाक्टर, इन्जिनियर लगायत विभिन्न कलेजका प्राध्यापक पनि बनिसकेका छन् । यसले पनि हामीलाई थप हौसला थपेको छ ।

You might also like

Comments are closed.