माउन्टेन स्पोर्टस फेडेरेसन नेपालद्वारा बजेटको स्वागत

काठमाडौं । माउन्टेन स्पोर्टस फेडेरेसन नेपालले आगामी आर्थिक बर्षको लागि प्रस्तुत बजेटको स्वागत गरेको छ । पहिलो पटक नेपाल र नेपालीको भावना समेट्ने बजेट आएको हामीले अनुभूति गरेका छौं , खासगरी खेलकुद क्षेत्रमा । बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले हामीलाई पनि उत्साहित बनाएको हो, अध्यक्ष गोविन्द भट्टराईले भने ।

माउन्टेन स्पोर्ट्स फेडेरेसनको एक दशकको लबिङ्ग तथा नेपाल खेलकुद महसंघको नीतिगत समर्थनले नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा नै नेपाली खेलकुदको आगामी र अग्रगामी भविष्य रहेको अध्यक्ष भट्टराईले बताए । पूर्व खेलाडीलाई सहुलियतमा व्यवसायिक कर्जा र नबौं राष्ट्रिय खेलकुदको ग्यारेन्टी तथा देशव्यापी पूर्वाधार निर्माणको घोषणा अरु आशा लाग्दो बताईएको छ ।

हाई अल्टीच्युट स्पोर्ट्स ट्रेनिंग सेन्टर निर्माण र काठमाडौं र फेवा ताल वरिपरिको साइकल लेन निर्माणमा सरकारको प्रतिबद्धता साच्चै गर्व गर्न लायक रहेको र यसको सफल कार्यान्यवयन हुनुपर्नेमा फेडेरेसनको जोड छ । शाहसिक पर्यटनको लागि राष्ट्रिय÷अन्तराष्ट्रिय आकर्षण गर्ने सरकारी नितिको सफल कार्यान्वयन भए, अल्पाइन र माउन्टेन क्षेत्रमा शाहसिक खेल मार्फत पर्यटन प्रवर्धन गर्ने आफ्नो लामो अभियान सफल भएको भट्टराईले बताए ।

बञ्जी, माउन्टेनियरिंग, रक क्लाइम्बिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ लगायतका शाहसिक खेल मार्फत दिगो पर्यटनको योजना बन्नु यस महासंघको लागि खुसीको कुरा रहेको, बताइएको छ ।

साथै, यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद तथा प्रादेशिक खेलकुदका निकायहरुमा रहेको ढिला—सुस्ती, परमपरागत कार्य शैली र कमजोर नेतृत्व रहेसम्म नेपाल सरकारको यस अभियान सफल हुनेमा संका गर्ने प्रष्ट आधारहरु छन् । त्यसतर्फ पनि यो सरकारको ध्यान जानुपर्ने भट्टराईले बताए ।

You might also like

Comments are closed.