विश्व वातावरण दिवसमा माउण्ट अन्नपूर्ण मा.वि. मा विभिन्न कार्यक्रम

पोखरा । माउण्ट अन्नपूर्ण मा.वि. पोखरा–३ नदिपुरले विश्व वातावरण दिवसलाई सरसफाई अभिमुखी कार्यक्रम र छरछिमेक सरसफाइ कार्यक्रमको आयोजना गरी मनाएको छ ।

हामी प्राणीलाई बाच्नको लागि चाहिने हावा, पानी र खाद्यान्न पर्यावरण कै देन हो । विश्वभरी हरेक वर्ष ५ जुनको दिन यस दिवसलाई मनाएर मानिसलाई पर्यावरणबारे सचेतना गराउने प्रयास भएको पाउछौं । विशेष गरेर विद्यार्थीहरुमा यस कार्यक्रमको अनिवार्यता र उनिहरुमा पर्ने सकारात्मक प्रभावलाई नकार्न सकिदैन ।

यस कुरालाई मध्यनजर गरेर माउण्ट अन्नपूर्ण मा.वि. ले हरेक वर्ष यस दिवस प्राथमिकताका साथ मनाउने गर्दछ । विद्यार्थीलाई समुहमा विभाजन गरेर विद्यालय वरिपरिका भिसी मार्ग, ज्ञान मार्ग, बाल मन्दिर मार्ग, कन्या मार्ग भैरवटोल, भिमसेन टोल हुदै नालामुख लगायत सडकमार्गहरुमा सरसफाई गरिएको थियो । सरसफाइ कार्यक्रम पश्चात ग्रीन भ्याली रिसाइकलर्स ( Green Valley Recyclers) पोखराबाट आएका प्रकाश आचार्यले प्लास्टिक र प्लास्टिक जन्य सामाग्रीलाई पुनः प्रशोधन (रिसाइकलर्स) गरेर फोहोरलाई मोहरमा कसरी परिणत गर्न सकिन्छ भन्ने बारेको अभिमुखीकरण तालिम दिएका थिए ।

त्यसै संस्थाका अर्का सदस्य गोबिन्द आचार्यले फोहोर जथाभावी प्mयाक्नाले त्यसको कुप्रभावबारे फिल्डमा विद्यार्थीसंगै हिडेर बुझाउने प्रयास गरेका थिए । यसरी गर्ने गरिएको सचेतनामूलक कार्यक्रमको प्रभाव विद्यार्थीमा निकै सकारात्मक रहेको अनुभव विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले बताए ।

 

 

 

You might also like

Comments are closed.