‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ (म्युजुअल फण्ड) अन्तर्गत संचालन हुने योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को इकाई जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती प्रदान गरेको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिसकेको छ । यो योजना विकास बैंकले प्रवर्द्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष छ ।

नेपाल धितोपत्र बोर्डबाट कात्तिक ७ गते प्रति इकाई अंकित मूल्य रु.१०/- दरको १० करोड इकाईले हुन आउने कुल रु.१ अर्ब रकम बराबरको निष्काशन गर्नका लागि स्वीकृती प्रदान गरेको हो । कुल योजनाको आकार मध्ये रु.१५ करोड रकम बराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको रु.८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाई मात्र सार्वजनिक निष्काशन हुनेछ ।

१० वर्षको अवधि रहेको उक्त योजना बन्दमुखी (क्लोज इन्ड) योजना छ । इकाईधनीहरुबाट संकलित रकम प्रचलित कानुन अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सूचिकृत धितोपत्र, निक्षेप, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य उपकरणहरुमा लगानी गर्ने योजना व्यवस्थापकले उल्लेख गरेको छ । योजना व्यवस्थापकले आफ्ना इकाईधनीहरुलाई दक्ष लगानी सेवाद्घारा उचित प्रतिफल दिनुका साथै व्यवस्थापकको हैसियतबाट सामुहिक लगानी कोष बजारको दिगो विकासमा सघाउ पु¥याउने उद्देश्यले योजना संचालन गर्न लागिएको हो । निष्काशन सम्बन्धी अन्य सम्पूर्ण प्रक्रियाहरु सम्पन्न गरी यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रिमा ल्याउने मुक्तिनाथ क्यापिटल लि.ले जानकारी गराएको छ ।

साथै, कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक लिमिटेडले “CARE-NP BBB (IS)  [Triple B (Issuer Rating)] (Pronounced as ICRA NP issuer rating triple B)” रेटिङ प्राप्त गरेको छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले “IRN AMC Quality 3 (AMC Quality 3) Asset Management Company Quality Three”रेटिङ प्राप्त गरेको छ ।

सामूहिक लगानी कोषका इकाईधनीहरु तथा सहभागीहरुका हित संरक्षण कार्य गर्नका लागि कोष सुपरिवेक्षकको रुपमा डा.नरहरि ढकाल, त्रिलोचन पंगेनी, वरिष्ठ अधिवक्ता मोती राज गौतम, सिए अनिल पौडेल र सुनिता सिग्देल छन् ।

You might also like

Comments are closed.