मुक्तिनाथ कृषि कम्पनीले ४ करोडको आइपिओ जारी गर्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधरण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । मुक्तिनाथ विकास बैंक लि. लगायत नेपालका ८६३ जना भन्दा बढि सफल व्यावसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको कम्पनीले आइपिओ जारी गर्नका लागि सम्झौता गरेको छ ।

वि.स. २०७५ मा १ अर्ब अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । यसै क्रममा मुक्तिनाथ कृषि कम्पनीको सर्वसाधारणको लागि छुट्याइएको धितोपत्र निष्काशनको बिहीबार सम्झौता भएको छ । मुक्तिनाथ कृषि कम्पनी लि. का कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लि. का प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक समारोहका बीच धितोपत्र निष्काशन व्यवस्थापनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमा मुक्तिनाथ कृषि कम्पनी लि. का संचालक तुलसिराम ढकाल, सिताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिल कुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटल लि. का प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठ लगायतको उपस्थिति थियो ।

jutta mela

कृषि पेशालाई प्रतिष्पर्धी र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउने सोचका साथ कम्पनीले काम गर्दै आइरहेको छ । विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापना कालदेखि विभिन्न कृषि व्यवसायी, कृषक समूह तथा सहकारीहरुसंग सहकार्य गर्दै कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादनका साधनहरु, प्रविधि र वित्तीय पहुँचमा कम्पनीले सहजीकरण गर्दै आइरहेको छ । कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्ता समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरुसंग सहकार्यसमेत कम्पनीले गरिरहेको छ । देशका विभिन्न भुभागमा कृषि पेशा गर्दै आइरहेका कृषकहरुलाई सहजीकरण गर्नको लागि सोही अनुसार व्यावसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दै आइरहेको छ ।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ । यो शुरुवातसंगै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनी लि. का कार्यकारी अध्यक्ष भरतराज ढकाल बताउँछन् ।

सम्झौता अनुसार यहि वर्षको चैत्र मसान्त भित्र निष्काशनको सवै प्रकृया पुरा गरी सेयर जारी गर्ने लक्ष्य छ । सर्वसाधारणको लागि रु चार करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ । आवश्यकता अनुसार मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजी बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष लिएको छ ।

र यो पनि

‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’

You might also like

Comments are closed.