काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई बोनस शेयर वितरणसँगै हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र सो बोनसपछि कायम हुने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले यी प्रस्तावहरू पारित गर्नका लागि सातौँ वार्षिक साधारण सभा कात्तिक २१ गते (शुक्रबार) सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौंमा दिउँसो साढे ११ बजे आयोजना गर्ने निर्णय गरेको छ ।
साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने जनाएको छ । यस अनुसार, कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई नाममा शेयर कायम रहेका शेयरधनीहरू साधारण सभामा सहभागी हुन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
मुक्तिनाथ कृषि कम्पनीले कृषि व्यवसायमा प्रविधिमैत्री सेवा विस्तार, उत्पादकता वृद्धि तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई लक्ष्य राख्दै हाल देशभर विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ ।
Comments are closed.