मुक्तिनाथ विकास बैंकद्वारा दमौली खानेपानीलाई आर्थिक सहयोग

 

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । यस संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।

यस सहयोगबाट सोही संस्थाले जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुशणबाट जोगाउन जस्ता उद्देश्यले हाल व्यास –४ जुडिपानी स्थित रहेको खानेपानी प्रशोधन केन्द«मा आवश्यक तारबार गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट त्यस क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

यसै गरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न Visa Network  अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.