मुक्तिनाथ विकास बैंकले गर्यो गुगल प्लस कोड अद्यावधिक

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाईप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो ।

गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान जनाउने कोड हो । सो कोडको प्रयोगले खोजेको स्थानको ढोका सम्मै पुग्न सकिन्छ । यो व्यवस्थाले बैंकको कार्यालय सम्म पुग्न चाहनेलाई अझ सहज हुने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए । यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेवसाईटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाको कोडहरु उपलब्ध गराइएको छ । उदाहरणको लागि केन्द्रीय कार्यालयको गुगल प्लस कोड यस प्रकार रहेको छ : 7MV7P85C+QP।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA NETWORK  मा आवद्ध अन्य जुन सुकै बैंकको ATM MACHINE  बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.