मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकलाई संगम स्वीट्समा छुट

 

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकलाई संगम स्वीट्सको काठमाडौं स्थित आउटलेटहरुबाट सेवा लिदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले संगम स्वीट्सको काठमाडौं स्थित आउटलेटहरुबाट १०% सम्म छुट प्राप्त गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ र क्यासलेस (Cashless) कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले VISA NETWORK अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

Nova computer
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...