मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरीबीच साझेदारी

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय पहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाँउलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

बैंकले जनचेतना मुलक पर्ची, प्रहरी चेकिङका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकर्स, मास्क लगाउन आग्रहका लागि स्ट्यिाण्डी आदि जस्ता सामाग्रीहरु हस्तानतरण गरेको छ ।

यस सहयोगहरुबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।

jutta mela

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM CARD प्रयोग गरी नेपालभरी रहेको VISA NETWORK मा आवद्ध अन्य जुन सुकै बैंकको ATM MAHINE बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.