मुक्तिनाथ विकास बैंकको ‘Ask Mukti Bhai’ भर्चुअल सहायता सेवा

 

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि ‘Ask Mukti Bhai’ नामक भर्चुअल (अनलाइन ) सहायता सेवा वेबसाइट मार्फत सञ्चालनमा ल्याएको छ ।

ग्राहकले यस भर्चुअल सहयाता (Virtual Assistant) सेवा मार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्समा  आधारित यो च्याटवट  सेवा डिजिटल बैंकिङका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको छ ।

jutta mela

यस सेवाको लागि बैंकको वेबसाइट ( www.muktinathbank.com.np ) मा गएर दायाँतर्फ Ask Mukti Bhai वा बैंकको मासकट ‘मुक्ति भाई ’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA NETWORK अन्तर्गतको जुन सुकै बैंकको ATM  बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.