काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.र दृष्टि आइ केयर सिस्टम बिच छुट सम्झौता भएको छ । बैंकको भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टि आइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टि आइ केयर सिस्टमबाट ओपिडि, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकका सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए । दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नँया बानेश्वर, झापा र बीरगञ्जमा छन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA NETWORK अन्तर्गतको जुन सुकै बैंककोATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको छ ।
Comments are closed.