मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा ६१ करोड नाघ्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०|८१ को चैत्र मसान्तसम्मको वितरणयोग्य मुनाफा सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले ६१ करोड ९५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा संकलन गर्न सफल भएको छ ।

बैंकको यो मुनाफालाई आधार मान्दा, कम्पनीले ८.७९ प्रतिशत बराबरको लाभांश वितरण गर्ने क्षमता देखाएको छ ।
चालु आर्थिक वर्षको बाँकी त्रैमासको वित्तीय विवरण हेर्दा, बैंकको वितरणयोग्य मुनाफा अझै बढ्ने सम्भावना उच्च रहेको विश्लेषकहरूले बताएका छन्। यसले गर्दा शेयरधनीले अपेक्षाकृत राम्रो लाभांश पाउने आशा गर्न सक्ने आधार देखिएको छ।

मुक्तिनाथ विकास बैंकले आफ्नो व्यावसायिक गतिविभिमा पनि सन्तोक्षजनक प्रगति गरेको छ। बैंकको कर्जा लगानी ९७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । सोही अवधिसम्म ११३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी ९७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

बैंकले स्थिर तथा दीर्घकालीन रणनीति अनुसार कर्जा प्रवाह र निक्षेप संकलन विस्तार गर्दै लगेको छ। यससँगै वितरणयोग्य मुनाफामा देखिएको उल्लेखनीय वृद्धिले बैंकको आर्थिक सुशासन तथा लगानीकर्ताप्रतिको उत्तरदायित्वप्रति प्रतिबद्धता देखाएको विश्लेषण गर्न सकिन्छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म वित्तीय सूचकहरू अझ सकारात्मक हुने देखिएको छ। विशेषगरी, वितरणयोग्य मुनाफाको वृद्धि र स्थिर व्यवसायिक विस्तारले शेयरधनीलाई लाभांशमा राहत दिने संकेत गरेको छ ।

 

 

 

You might also like

Comments are closed.