मुक्तिनाथ रेमिटको भुक्तानी आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट पनि

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.को रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ ।

मुक्तिनाथ विकास बैंक लि र आई सि एफ सि फाईनान्स बिच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट यस बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ र आई सि एफ सि फाईनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंक लि.को रेमिट सेवाको झुक्तानी आई सि एफ सि फाईनान्सको २० शाखा बाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट झुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकको विश्वास रहेको छ । मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४५०० भन्दा बढि भुक्तानी केन्द्रबाट गर्दै आईरहेको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM CARD प्रयोग गरी नेपालभरी रहेको VISA NETWORK मा आवद्ध अन्य जुन सुकै बैंकको ATM MACHINE बाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ-बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.