मुस्ताङका उत्पादनलाई प्रवर्दन गर्दै आजीवन सहकारी, सस्तो मूल्यमा स्याउ बिक्री

 

पोखरा । पोखराको अमरसिंहचोकमा रहेको आजीवन कृषि सहकारी संस्था लि. ले मुस्ताङका उत्पादनको प्रवद्र्धन सुरु गरेको छ । सहकारीले हिमाल पारीको जिल्ला मुस्ताङबाट स्याउ लगायतका उत्पादन पोखरामा ल्याएर बिक्री वितरण गरिरहेको सहकारीका सहसचिव सवी गौचन शेरचनले आर्थिक आवाजलाई जानकारी दिइन् ।

स्याउसँगै लसुन, गाँजर, दाल, आलु पनि मुस्ताङबाट पोखरा ल्याएर सहकारीले बिक्री वितरण गरिरहेको छ । स्वादिलो तथा अर्गानिक भएकाले मुस्ताङको स्याउ र अन्य उत्पादनप्रति ग्राहकको आकर्षण देखिएको शेरचन बताउँछिन् ।

jutta mela

मुस्ताङको स्याउ प्रति केजी १ सय ६० रुपैयाँमा सहकारीले बिक्री गरिरहेको छ । गत वर्ष स्थापना भएको सहकारीले यस अगाडि गत महिना पनि मुस्ताङबाट १ सय २० बोरा आलु ल्याएर बिक्री गरेको थियो । अहिले पुन ६० बोरा आलु बिक्री गरिसकेको सहकारीका अध्यक्ष हितमान गुरुङले जानकारी दिए ।

बिक्री गरेर नाफा कमाउनु भन्दा पनि मुस्ताङको उत्पादनलाई बजारीकरण गर्ने र प्रवद्र्र्धन गर्ने उद्देश्य आफूहरुले लिएको शेरचन बताउँछिन् । उत्पादक र उपभोक्तालाई जोड्न सहकारीले पुलको काम गरेको शेरचनले बताईन् ।

You might also like

Comments are closed.