भालुले दुःख दियो मुस्ताङका किसानलाई ! स्याउ, मकै र फापर भालुले खाएपछि किसानले के खाने ?

जोमसोम । हिमाल पारीको जिल्ला मुस्ताङको तल्लो भेगका किसानहरु यतिबेला चिन्तित भएका छन् । बढी जंगल भएको ठाउँ वरपर भालुले स्थानीय किसानलाई दुःख दिएको छ । खेतीपाती भालुले खाइदिएपछि किसानहरु चिन्तित भएका हुन् ।

सौरु, चिबाङ, देउराली, ताग्लुङ, सिरकुम, चोखोपानी क्षेत्रका किसानलाई भालुले दुःख दिएको थासाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिए । स्थानीयले लगाएका स्याउ, फापर, मकै भालुले खाइदिएको स्थानीयका निशा गुरुङ र रचना दर्जीले आर्थिक आवाजलाई जानकारी एि ।

खेतबारीमा गोठ बनाएर रातिदेखि भालु कुर्नुपर्ने अवस्था आएकोे किसानहरु बताउँछन् । ‘भालुबाट खेती जोगाउन रातभरि नसुती बस्नुपर्ने अवस्था आएको छ,’ निशा गुरुङले भनिन्, ‘भालुको कारणले हामीले धेरै दुःख पाएका छौं ।’

भालु भगाउनका लागि कुनै उपकरण उपलब्ध हुन सके आफूहरु लाभान्वित हुने स्थानीय किसानहरु बताउँछन् । भालुबाट खेतीबाली जोगाउन राज्यले सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

स्याउ तथा मकै बाली भालुले खाइदिदा थासाङ गाउँपालिकाका किसानहरुले दुःख पाएको बताउँदै वडा अध्यक्ष हिराचनले भालुबाट खेती जोगाउन राज्यले गाउँपालिकालाई सहयोग गर्नुपर्ने बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.