असार १३ गतेदेखि ‘सिटिजन्स सदाबहार योजना’ को इकाई बिक्री खुला हुने

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आगामी असार १३ गतेदेखि आफ्नो नयाँ सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सदाबहार योजना’ को इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ।

क्यापिटलका अनुसार, योजनाअन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले इकाईहरू बिक्री गरिनेछ। कुल ५ करोड इकाई मध्ये ७५ लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनललाई सुरक्षित गरिएको छ भने बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद छिटोमा असार १७ गतेसम्म तोकिएको छ। यदि सो अवधिभित्र सबै इकाई बिक्री नभएमा आवेदन अवधि असार २७ गतेसम्म लम्बिनेछ।

उक्त योजनामा आवेदन दिनका लागि लगानीकर्ताहरूले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू, साथै मेरोसेयर पोर्टल प्रयोग गर्न सक्नेछन्।

सिटिजन्स क्यापिटलले यो योजना लामो समयसम्म लाभांश वितरण गर्न सक्ने उद्देश्यले ल्याइएको बताएको छ, जसले स्थिर र आकर्षक प्रतिफल खोजिरहेका लगानीकर्ताका लागि अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.