घर फर्किए म्यादी प्रहरी

कर्णाली । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज खुलामञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरी एक हजार २९६ म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताए । राज्यले आफूले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै नआगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरे । साथै उनले सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्नेसमेत विश्वास दिलाए ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सबै तहका सुरक्षाकर्मीको प्रभावकारी समन्वय हुँदा जिल्लामा निर्वाचनमा शान्तिपूर्ण रूपले सफल भएको धारणा राखे ।

म्यादी प्रहरी बिदाइ कार्यक्रममा प्रशिक्षक, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई जिल्ला प्रशासन कार्यालयले प्रसंशापत्रसमेत प्रदान ग¥यो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले म्यादी प्रहरीलाई नेपाल सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको छ ।

पहिलो किस्तामा ४० दिनको रासन भत्ताबापत रु चार हजार २००, भ्रमण भत्ता रु एक हजार २०० र पोशाक भत्ताबापतको रु ६ हजार बैंक खातामार्फत भुक्तानी भइसकेको छ भने दोस्रो किस्ता रु ३२ हजार ४०० कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम खातामा आउने प्रक्रिया सुरु भइसकेको जनाइएको छ । म्यादी प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ । बिदाइ कार्यक्रममा जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

 

You might also like

Comments are closed.