उद्योग वाणिज्य संघद्वारा स्वास्थ्य सामग्री प्रदान

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघले स्थापनाको ५०औँ वर्ष पूरा गरेका अवसरमा जिल्ला अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

बेनी अस्पताल, ६ स्थानीय तह, नेपाल पत्रकार महासंघ जिल्ला शाखा र बालगृहलाई रु एक लाख ७० हजार मूल्य बराबरको मास्क, स्यानिटाइजर र पञ्जा सहयोग गरेको हो । कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराएको उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।

महासंघका केन्द्रीय सदस्य कुवीरकुमार श्रेष्ठ, महासङ्घका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठ, सङ्घका निवर्तमान अध्यक्ष उत्तम कर्माचार्य, पूर्वअध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, मानार्थ सदस्य नैनकुमार श्रेष्ठलगायत संघका पदाधीकारीले सामग्री हस्तान्तरण गरेका थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन चिकित्सक दिवान कार्की, नेपाल बालङ्गठनका सभापति राजेश शाक्य, महासङ्घका अध्यक्ष प्रकाश पौडेललाई सामग्री हस्तान्तरण गरिएको थियो ।

jutta mela

संघको पालिकास्तरमा रहेका इकाइमार्फत स्थानीयलाई सामग्री उपलब्ध गराइने संघका महासचिव अमित बानियाँले बताए । विसं २०२७ साउन १७ गते स्थापना भएको संघले स्वर्ण वर्षका अवसरमा पछिल्लो एक वर्षयता विभिन्न कार्यक्रम गरेको थियो । सोही अवसरमा प्रवेशद्वारका रुपमा रहेको कालीपुल बसपार्कमा शिवको मूर्तिसहितको स्तम्भ निर्माण गरेको छ । दुई हजारभन्दा बढी सदस्य रहेको म्याग्दी उद्योग वाणिज्य संघ जिल्लामा निजी क्षेत्रको छाता संगठनका रुपमा रहेको छ ।

You might also like

Comments are closed.