काठमाडौं । नेपलिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रिजेन्टेटिभ्स (नायर)को अध्यक्षमा उद्धव बहादुर खड्का चयन भएका छन् । नायरको हालै सम्पन्न साधरण सभाले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नायरको निवर्तमान अध्यक्ष प्रेम पाण्डे हुन् भने उपाध्यक्षमा भोजराज पाण्डे, महासचिवमा राजु सिंह, कोषध्यक्षमा सुजनकुमार काफ्ले, चयन भएका छन् । त्यसैगरि सदस्यमा लिसा शेरचन, घनश्याम घिमिरे भिष्म राय चयन भएका छन् ।
नेपालमा अष्ट्रेलियन शिक्षा क्षेत्रको प्रवर्द्धन, सहकार्य तथा गुणस्तरीय शैक्षिक सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने नवनिर्वाचित अध्यक्ष खड्काले बताए ।






Comments are closed.