काठमाडौं । नेपालिज एशोसिएसन फर अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (NAAER) ले यस वर्षको सबैभन्दा ठूलो अष्ट्रेलियन शिक्षा मेलो — NAAER Australian Education Expo 2025 आयोजना गर्ने भएको छ । उक्त एक्स्पो आगामी २०८२ साल भदौ २८ गते (२०२५ सेप्टेम्बर १४) काठमाडौंको द एभरेष्ट होटल, नयाँबानेश्वरमा हुने कार्यक्रम तय गरिएको छ ।
“If it’s Australia, it’s NAAER” भन्ने मूल नारासहित, यस एक्स्पोले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शुद्ध, गुणस्तरीय र व्यावसायिक परामर्श सेवा उपलब्ध गराउनेछ । यसै क्रममा, Education Park लाई गर्वका साथ प्रदर्शक (Exhibitor) को रूपमा घोषणा गरिएको छ ।
मेलामा सहभागी विद्यार्थीहरूले अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय, शैक्षिक अवसर, भिसा प्रक्रिया लगायतका विषयमा प्रत्यक्ष जानकारी र परामर्श प्राप्त गर्ने अवसर पाउनेछन् ।
आयोजकका अनुसार, यो कार्यक्रम ऐतिहासिक र महत्वपूर्ण अवसर बन्नेछ, जसले अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीलाई सबैभन्दा विश्वासिलो र प्रभावकारी मार्गदर्शन प्रदान गर्नेछ ।
Comments are closed.