नर्थन लाइट एकेडेमीको आयोजनामा रक्तदान कार्यक्रम, २५ युनिट रगत संकलन

 

काठमाडौं । नर्थन लाइट एकेडेमी अफ एभिएसन एण्ड टेक्नोलोजी (एनएएटी) को आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित एकेडेमीको कार्यालयमा आयोजित उक्त कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं मातृभूमिले सहकार्य गरेको थियो । प्राविधिक सहयोग कान्तिपुर हस्पिटल ब्लड बैंकले गरेको क्लबका कार्यकारी सचिव उस्मिताले जानकारी दिइन् ।

सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा रक्तदान कार्यक्रम आयोजना गरिएको नर्थन लाइट एकेडेमीले जनाएको छ ।

You might also like

Comments are closed.