राजस्वको लक्ष्य भेटिएनः राजस्व शाखा प्रमुख पौडेल

पोखरा । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य भेट्टाउन नसकेको राजस्व महाशाखा प्रमुख नवराज पौडेलले जानकारी दिएका छन् । पोखरा उद्योग वाणिज्य संघले सोमबार पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको आगामी आर्थिक वर्षको राजस्व नीतिबारे सुझाव संकलनु अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

महाशाखा प्रमुख पौडेलका अनुसार, महानगरले चालु आर्थिक वर्षमा आन्तरिकतर्फ विभिन्न शीर्षकबाट १ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने प्रारम्भिक लक्ष्य राखेको थियो। तर, लक्ष्यअनुसार संकलन हुन नसकेपछि त्यसलाई संशोधन गरेर १ अर्ब १८ करोड रुपैयाँमा झारिएको थियो। चालु वर्षमै संशोधित लक्ष्य पनि पूरा नहुने देखिएकाले आगामी आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य योभन्दा पनि कम राख्नुपर्ने अवस्था आउनसक्ने उनले  संकेत गरे।

यहाँ करिब ५८ हजार व्यवसायी रहेको अनुमान छ, तर अहिलेसम्म जम्मा १२ हजारले मात्र व्यवसाय नवीकरण वा दर्ता गर्नुभएको छ, पौडेलले भने ।

You might also like

Comments are closed.