नबिल बैंकले ल्यायो “३६औं वार्षिकोत्सव योजना” अफर

बार्षिकोत्सवको अवसरमा नबिल बैंकले “३६औं वार्षिकोत्सव योजना” अफर ल्याएको छ । यस अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ ।

बैंकले घर कर्जामा ७.९९%, धितो कर्जामा ८.४९%, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९%, साना तथा मझौला कर्जामा ७.९९% व्याज छुट दिने छ । सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट बार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिने बैंकले जनाएको छ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंककोे विश्वास छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको संस्थागत संचार बिभाग प्रमुख कृष्ण सुवेदीले बताए । । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

You might also like

Comments are closed.