काठमाडौं । सम्पूर्ण देशनै कोरोनँको कहरमा गुज्रिरहेको अवस्थामा ग्राहकको माग तथा समय सापेक्ष सेवा दिने हेतुले नबिल बैंकले “Nabil Gen- N Account” ल्याएको थियो ।
“Nabil Gen- N Account” नया“ सोच र नया“ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो । यो योजनाले डिजिटल बैंकिङमा नया“ युगको सुरुवात गरेकोमा बैंक बिश्वस्त छ । यसमा NTC/NCell 2GB data package को विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ ।
यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की “Nabil Gen- N Account” खोलि यस खाताको लाभ लिई ढुक्क हुन बैंकले आग्रह गरेको छ ।
साथै कोरोनाको असहज परिस्थितिका बावजुद यस बचत खाता संचालनमा आएको एक वर्ष नपुग्दै १ लाख भन्दा बढी ग्राहकहरुलाई समाहित गर्न पाउ“दा हामी गौरवान्वित रहेको र बैंकले ग्राहकप्रती हार्दिक आभार प्रकट गरेको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।
Comments are closed.